लण्डन – म्यान्मारमा भएको सैनिक कू बारे विज्ञप्ति सार्वजनिक गर्दै बेलायत स्थित नेपालका शुभेच्छुक राजनीतिक दलहरूले संयुक्त बिरोध गरेका छन् । बेलायत स्थित प्रवासी नेपाली एकता मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसंपर्क समिति बेलायतका अध्यक्ष महेश दाहाल र प्रबासी नेपाली एकता मंच बेलायतका संस्थापक अध्यक्ष रोसन सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ- ‘संयुक्त बिरोधसेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गर्रेर सत्ताको कू गर्दै एक वर्षका लागि संकटकाल लगाएको छ। गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भएको थियो । तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ ।
म्यानमारको यस घोर अप्रजातान्त्रिक घटनाप्रति हामी प्रवास मा रहेका नेपाली समुदाय विरोध प्रकट गर्दछौं । सेनाले आइतबार रातिदेखि सत्तारूढ नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० का नेतालाई पक्राउ गर्न थालेको थियो। स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्ट, मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूलाई सेनाले नियन्त्रणमा लिइसक्दा नसक्दै राजधानी नेपितअ र पुरानो राजधानी रंगुनमा टेलिफोनले काम गर्न छाडिसकेको थियो। इन्टरनेट अवरूद्ध भयो। सरकारी टेलिभिजन बन्द थियो। सडकमा बख्तरबन्द सैनिक गाडी गुड्न थालेका थिए। देशमा एक वर्षका लागि संकटकाल लाग्यो।
शासनसत्ता सेना प्रमुखको हातमा पुग्यो। झन्डै ५० वर्ष जुन्ता शासन भोगेका बर्मेलीको कर्म १० वर्षपछि फर्किएर फेरि पहिलाकै ठाउँमा आइपुगेको छ। सन् २०११ मा सैनिक शासनबाट मुक्ति पाएका र २०१५ मा आफ्नो सरकार आफैं चुनेका बर्मेलीले दोस्रोपटक चुनेको सरकारको अनुहार देख्न नपाउँदै संकटकाल भोग्नुपर्ने भएको छ सोमबार नै देशभरिका बैंकहरूले सेवा दिन बन्द गरेका छन्। एटिएमअगाडि सयौं मानिस लाइन बसेका छन्।
आन्तरिक हवाइ उडान बन्द गरिएको छ। बर्मेलीको भविष्य अनिश्चितताको सुरूङमा छिरेको यस घडीमा ‘कू’ को विरोध गर्दै नियन्त्रणमा लिएका नेताहरूलाई तत्काल रिहा गरेर प्रजातान्त्रिक प्रक्रिया पालना गर्न हामी यही विज्ञप्ति मार्फ़त सचेत बनाउन चाहन्छौ ।’
म्यानमारमा सेनाले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसहित सम्पूर्ण मन्त्री तथा राजनीतिक दलका नेताहरुलाई गिरफ्तार गरेको थियो ।