November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

साउदी अरेबिया बाहिर गएका विदेशीहरु भिषाको म्याद नसकिंदै नफर्केमा तीन बर्षको प्रतिवन्ध

4.4K

साउदी अरेवियाको जवाजतका महानिर्देशकले एक्जिट लिएर रिईन्ट्री भिषामा साउदी अरेबिया  छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै पुनः नफर्केमा तीन बर्षको प्रतिवन्ध लाग्ने व्यवस्था गरिएको बताएको छ।

पुरानै रोजगारदाताकहाँ नयाँ भिषामा आउनेहरुलाई भनें यो लागु हुने छैन । साउदी अरेवियाले नयाँ नियम बनाएको समाचार सार्वजनिक भएसँगै यस विषयमा अन्यौल देखिएको थियो । तसर्थ यसका बारेमा जवाजतले स्पष्ट पारेको साउदी अरेवियाका सञ्चार मध्यमहरुले समाचार लेखेका छन्    ।

पछिल्लो केहि समयदेखि साउदी अरेवियाले आफ्नै नागरिकका लागि रोजगारी सुरक्षित गर्ने नीति लिएको छ । साउदीकरण अभियान अन्तर्गत विभिन्न क्षेत्रको काम केवल साउदी नागरिकका लागि मात्र सुरक्षित गर्ने नीति साउदी अरवले केहि समययता अपनाउँदै आएको छ ।

Advertisement