क्वालालम्पुर, मलेसिया । मलेसियामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै, श्रमिक समस्यामा सुधार ल्याउन र नेपालीहरूको हितमा काम गर्न प्रोत्साहित गर्ने भएको छ ।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)द्वारा मलेसियामा आयोजित अन्तरक्रिया कार्यक्रमले प्रोत्साहित गर्नेभएको हो । मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा आयोजित कार्यक्रममा यस्ता विषयमाथि छलफल गरिएको थियो ।
कार्यक्रममा ३० वटाभन्दा बढी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा गैरआवसीय नेपाली संघ मलेसिया (एनआरएन) का अध्यक्ष बिनोद थापा, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमाल, रास्वपा प्रवास विभागका सभापति नेत्र केसी, नेपाली व्यवसायी संघ मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बू, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बु, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष बिक्रम वाईबा लगायतका प्रमुख व्यक्तिहरूले सहभागिता जनाएका थिए ।
मलेसियामा रहेका श्रमिक समस्याहरूको समाधानका लागि सबै संघ संस्थाहरूको एकजुटता र समन्वय आवश्यक रहेको पीएनसीसीका कार्यकारी निर्देशक सोमप्रसाद लामिछानेले बताए । लामिछानेले मलेसियामा सक्रिय संघ संस्थाहरूको विवरण संकलन गरेर नेपाल सरकार समक्ष पेश गर्ने र मलेसियामा रहेका क्रीयाशिल संस्थाहरूको उच्च मूल्यांकन गराउन ध्यान आकर्षण गराउने कुरा पनि उल्लेख गरेका थिए ।




