November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेन कोस्टाब्लान्का क्षेत्रको नेपाली समुदायमा कोरोना

4.2K

कमल पराजुली बेनिड्रोम, २२ जनवरी, स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केहीदिन यता कोरोना संक्रमण बढेको छ । यस अघि केही नेपालीलाई मात्र लागेको कोरोना भाईरस अहिले स्पेनमा कोरोनोको तेस्रो लहर सुरु भएपछि यहाँका धेरै नेपाली प्रभाबित भएका छन ।

कोस्टाब्लान्काको बेनिड्रोम, आल्बिर, आल्तेया, डेनिया लगायतका स्थानमा बस्ने नेपालीमा कोरोना संक्रमण देखिएको छ । बेनिड्रोम क्षेत्रमा अहिले करीब १० जना नेपालीहरुमा कोरोना पोजेटिभ देखिएको नेपाल स्पेन समाज कोस्टाब्लान्काका कोषाध्यक्ष छविलाल श्रेष्ठले जानकारी दिनुभयो । ति मध्ये एकजना अस्पतालमा रहेको र अरु होम क्वारेन्टाइनमा रहेको उहाँले बताउनु भयो ।

बेनिड्रोम क्षेत्रमा करीब २ सय नेपालीको बसोबास छ । यस्तै आल्बिर, आल्तिया र डेनिया क्षेत्रमा पनि केही नेपालीलाई कोरोना संक्रमण भएको छ । यि क्षेत्रमा धेरै नेपाली खुल्न नचाहाएको कारणले कति नेपालीलाई लागेको छ भनेर यकिन संख्या थाहा हुन सकेको छैन । आल्बिर र आल्तेयामा कोरोना संक्रमण भएका केही निको भैसकेका छन् भने केहि होम क्वारेन्टाइनमा बसेका छन् ।

Advertisement

नेपाल स्पेन समाज कोस्टाब्लान्काका अध्यक्ष केशबराज कंडेलले कोरोना संक्रमण भएका नेपालीहरुसँग आफुहरुले सम्पर्क गरिरहेको र केही सहयोग आवश्यक परे गर्ने बताउनुभयो । कोस्टाब्लान्का क्षेत्रमा करीब १ हजार नेपालीको बसोबास छ ।