क्वालालम्पुर । मलेसियामा सुतेकै ठाउँमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ ।
आगलागीबाट बैतडीको मेलौली नगरपालिका-१ का ३२ वर्षीय दिपकसिंह नायकको मृत्यु भएको मृतकको परिवार स्रोतले जनाएको छ।
स्थानीय प्रहरीका अनुसार नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो।
नायक रोजगारीको सिलसिलामा विगत ९ वर्षदेखि मलेसियामा थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको जनाइएको छ ।