काठमाडौं । प्रवासी इलामेली जनसम्पर्क मंच समिति मलेसियाले इलामको एक वृद्धआश्रममा राहत वितरण गरेको छ । मंचले माई भगवती वृद्धआश्रमलाई कपडा वितरण तथा सम्मान गरेको हो ।
मंचले इलाम नगरपालिका-१० माइखोलास्थित माइ भगवती वृद्धआश्रममा रहेका १५ जना बुवा लआमालाई न्यानो कपडा स्वीटर र ज्याकेटको साथै गफलफुल र खाद्य सामग्री वितरण गरिएको थियो।
राहत वितरणको क्रममा आश्रममा रहेका बुबाआमाहरुले परदेशमा रहेका सबै आफ्ना छोराछोरी भएको भन्दै उनीहरूको सदैव भगवनले रक्षा गरून् भनी आशीर्वाद दिएका थिए ।
कार्यक्रममा समितिका पूर्व पदाधिकारीहरू बुद्धिमान राई, डीबी खत्री, सुरेन्द्र चोङ्बाङ, कल्पना राईले सहजीकरण गरेका थिए । कार्यक्रममा मलेसियाबाट भर्खरै घर फर्किएकी पूर्व अध्यक्ष कल्पना राईलाई कदर-पत्रसहित सम्मान गरिएको समितिका उपाध्यक्ष सुमन येक्तेनले जानकारी दिए ।
कार्यक्रममा सबै पदाधिकारीहरुले मलेसियामा आफ्नो छोराछोरी, दाजुभाइ तथा दिदिबहिनी कोही मलेसियामा भए यस समितिमा जोडिएर काम गर्न आग्रह गरे । आफ्नो श्रमको हकहित र गाह्रो अप्ठ्यारोमा काम गर्ने भन्दै मलेसियामा बसेका इलामेलीहरू जोडिन सबैलाई आग्रह गरेका थिए।
उक्त कार्यक्रमको संचालन बुद्धिमान राइले गरेका थिए ।