May 24, 2024, Friday
२०८१ जेष्ठ ११
1:37:26 pm

जापानमा कोशी खारेजीको माग

1K

जापान । जनता समाजवादी पार्टी, नेपालको प्रवास समिति नेपाली समाज, जापानले “कोशी नाम” खारेज गर्दै जनताको मर्म र भावना साथै ईतिहासको मुल्याङकन गरी पुनः नामाङकन गरिनु पर्ने माग राखेको छ ।

१३ तारिख आईतवार टोक्योस्थित ओकुतामामा चौथो महाधिवेसन गर्दै नयाँ कार्य समिति समेत घोषणा गरेको छ । महाधिवेसनकै अवसरमा “नो कोशी”, प्रदेश न १ लाई कोशी नामाकरण गर्ने ८२ जना प्रदेश सांसद मुर्दावाद आदि लेखिएका पर्चा पम्प्लेटहरु सार्वजनिक गर्दै कोशी नामको विरोध गरेको थियो ।

चौथो महाधिबेसनमा चिबा, गुन्मा, साइतामा, कानागावा र नाकानो केन लगायतका ठाउँहरुबाट करिब १५० जनाको उपस्थिति रहेको थियो ।

Advertisement