युरोप । किरात राई समाज (सोसाइटी) बेल्जियमको प्रथम अधिवेशन सम्पन्न भएको छ । बेल्जियमस्थित काजाब्लांका क्यासेल्लोमा भएको अधिवेशनले इन्दिरा चाम्लिङ राईलाई अध्यक्षतामा सर्वसम्मत चयन गरेको छ ।
सोसाइटीको पदाधिकारीहरुमा सबै महिलालाई चयन गरेको छ । उपाध्यक्षमा सरु राई, महासचिवमा सवनम राई र कोषाध्यक्षमा मालती राई छन् ।
कार्यसमितिको सदस्यहरूमा रेणुका राई, शेखर राई, राजेन राई, नेत्र राई, गोपाल राई, देव राई, भविन राई र केजिन राई निर्वाचित भएका छन् ।
समाजका अग्रणी व्यक्तित्व मुना राई र धन कुमार राई (मणी) संरक्षक रहेको सोसाइटीको अन्य सदस्यहरूमा सीमा राई, आशा राई, इकु राई, तारा राई, रानी राई, पुनम राई, देवान राई, रोशन राई, शान्ता राई, राम कुमार राई, सुवास राई (कोत्रिक), योगेश राई, सोनिया राई, मोनी राई, श्रेया राई, शान्ति राई, सुनिल राई र देवयानी राई रहेका छन् ।
अधिवेशन नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम अध्यक्ष वीरमान मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।