सप्तरी जिल्ला घर भई ८ बर्ष देखि कुवेतमा काम गर्दै आएका लक्ष्मी शाह नाम गरेका नेपाली गत नोभेम्बर देखि सम्पर्क बिहिन छन्। शाहका परिवारद्वारा कुवेत स्थित नेपाली दुतावासमा खोजि पहल गर्न अपिल गरेको छ।
कुवेतको अल सामसियामा कम्पनीमा कार्यरत शाह कामबाट फार्वानिया स्थित कम्पनीको आवासमा आएर तरकारी किन्न १९ नोभेम्बर साँझ निस्केको जानकारी सँगै बस्ने सहकर्मीले दिएका छन्। तरकारी किन्न निस्केका लक्ष्मी शाहको फोनमा बिहान ६ बजे सम्म फोन लागे पनि त्यसपछि सम्पर्क बिहिन भएको सँगै बस्ने सहकर्मी भागवत शाहले बताए। २ बजे बिहान काममा जानु पर्ने शाह सम्पर्क बिहिन भएको कारण कम्पनीमा जानकारी गरेका थिए।
अहिलेको सम्म पनि सम्पर्कमा नआएका शाहको स्थिति बुझिदिन नेपालबाट उनका परिवारले नेपाली दुतावास कुवेतलाई अपिल गरेको छ। कुवेत स्थित नेपाली दुतावासले शाह कार्यरत कम्पनीमा शाहको स्थिति सार्वजनिक गर्न ताकेता गरेको जनाएको छ । अस्पातलहरुमा तथा स्थानीय प्रहरीमा जानकारी लिने काम गरिरहेको पनि नेपाली दुतावास कुवेतले बताएको छ।