April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उत्कृष्ट हस्तलेखन उपाधि पाएकी सदिक्षा तामाङको अल्पायुमा निधन

2.2K

लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षिया सदिक्षा तामाङको निधन भएको छ । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा निधन भएको हो ।

सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् । झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ । २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

परिवारले उनको अन्त्येष्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन बाबुले आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर–आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

Advertisement

उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइएको छ ।अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर–आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।