मलेसिया । मलेसियाको जोहोरबारुस्थीत किरात याक्थुङ चुम्लुङ र किरात राई यायोख्खा जोहोर मलेसियाले मुस्लिमहरुको महान चाड हरिरायाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । भलिबल प्रतियोगिता जोहोरबारुको गलाङपातामा आयोजना भएको थियो ।
किरात याक्थुङ चुम्लुङ खेलकुद विभाग प्रमुख तिलरानी लिम्बू (रूपा)को प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संस्था (एनआरएन) जोहोरका अध्यक्ष हरि बस्नेत, आयोजक संस्थाहरुको तर्फबाट संयोजक बनेका मनकुमार राई अतिथि रहेका थिए । त्यसैगरी खेलको अम्पायर जितेन किराती र खेल सचिव तेज आङ्देम्बे थिए ।
खेलमा सुर्केली किचन टिमले दोस्रो स्थान हासिल गरेको छ । राजेन्द्र खापुङ टिम म्यानेजर रहेको खेलमा टिम कोच राज मगर, खेलाडीहरु टिम क्याप्टेन बिमल मगर, किर्तीराज राई, भीम मगर, सागर तामाङ, आकास मगर, दिल कुमार कार्की, अनिल खड्का, लक्ष्मण राई रहेका थिए । खेलमा वेष्ट लिब्रो ट्रफी आकाश मगर पाएका थिए ।