April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

किरात याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङ्भा लिम्बु

1.6K

काठमाडौं । किरात याक्थुङ चुम्लुङ इजरायलको दशौं बार्षिकोत्सव तथा सातौं अधिवेशन सम्पन्न भएको छ । इजरायलको लेभेन्स्किी पार्कको ९९ आठौं तलामा शनिबार सम्पन्न अधिवेशनले नुमा काङ्भा लिम्बुको अध्यक्षतामा १५ सदस्सीय समिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण आङबुङ, उपाध्यक्षमा तुलसा तुम्बाहाङफे, उपाध्यक्षमा कमला कन्दङवा, महासचिवमा इन्दु लावती, सचिवमा साइना आङथुपो, कोषाध्यक्षमा संगीता आङथुपो र सहकोषाध्यक्षमा सकुन राई लिम्बु चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा दुर्गा मेन्याङ्बो, दिलु आङ्थुपो, रोशनि कङ्दङवा, ससिकला काङ्भा, आसकुमार लावती, ममता चोङ्बाङ र प्रमोद आङ्बुङ चयन भएका छन् ।

Advertisement