April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

“अधिनायकवादी, निरंकुश, गणतन्त्र बिरोधी प्रवृतिको बिरोध व्यक्तिगत होइन,” अध्यक्ष माधव नेपाल

6.4K

लन्डन। आईतवार, ३ जनवरी २०२१ का दिन नेकपा प्रवास समन्वय समितिद्वारा आयोजित भर्चुअल अन्तक्रिया कार्यक्रम प्रमुख अथिति अध्यक्ष माधव कुमार नेपाल, बिशेष अतिथिद्वय स्थायी कमिटीका सदस्यहरु भिम रावल र बर्षमान पुनको उपस्थितिमा ५०० भन्दा बढी सहभागीहरु बीच भव्यरुपमा सम्पन्न भएको छ।

कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधनिक कदमको बिरोध गर्दै पार्टीको नीति र पद्दतिको बिपरित गुटवन्दी गरेको भनेका छन्। लोकतन्त्र र जनकल्याणको बिपक्षमा अधिनायकवादी शैलीमा भएका त्रुटिहरुलाई नियाल्दै बिधि र संविधानको धारणा र मर्मको कदर हुने कुरामा विश्वस्त रहन भनेका छन्। युद्धको मैदानमा शत्रुको गोलीले नमरेको सैनिक सत्ताको मातले मात्तिए झैं अरुको कुरा सुन्न नाचाहने, आफुलाई सुपरम्यान ठान्ने निरंकुश अधिनायकवादी प्रवृतिले देश बर्वाद हुनबाट हामी सबैले संयमित हुन जरुरि भएको बताएका छन्।

विशेष अतिथि क बर्षमान पुनले नेपाली जनताको समृद्ध र सुखी नेपालको चाहना र मताधिकारको हत्या गरि प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले चालेको असंवैधानिक कदमबाट मर्माहत भएको बेलामा पार्टी र जनतालाई सम्हालिएर सहि दिशामा लैजान प्रचण्ड-माधव संग एकजुट हुन आवश्यक रहेको बताएका छन्। उनले मुलुक कोरोनाको महामारीमा गुज्रिरहेको बेलामा प्रधानमन्त्रिले पटक-पटक अध्यादेश जारी गर्ने र फिर्ता गर्ने जस्ता अपरिपक्व कार्य र एकलौटी बिधि बिपरित निर्णय दोहोर्याई अन्त्यमा संबिधान नै भंग गर्ने एतिहासिक गल्ति गरेको र जनमतको सम्मान गर्न नसकेको बताएका छन्।

Advertisement

अर्का विशेष अतिथि क भिम रावलले पुरानो समय सम्झेर आफ्नो श्रद्धेय अध्यक्षलाई नराम्रो भन्न मन लागेको छैन तर वहांको अराजक, गैरजिम्मेवार र असंवैधानिक कदमको बिरोध गर्न परेको हो भन्दै प्रधानमन्त्रीले पार्टीको नीति उल्लङ्घन मात्र हैन विधिवत रुपमा चल्न नचाहेको तर बिदेशीको चालमा चलेको भनेका छन्। उनले केपी ओली स्वयम् पार्टीको मिटिंगमा उपस्थित हुन नसक्ने अहिले आएर नेतृत्वमा खिया लागेको र नेताहरु भेट्नु कुहिएका फल जस्तै हुन् भन्नेले जनतालाई कोरोनाको महामारीबाट बचाउन र कोरोनाको खोपको सत्तामा चुनावमा पैसा बगाउने भनेको कम्युनिस्ट आन्दोलनको बिरोधि हो भनेका छन्।

कार्यक्रमलाई नेकपा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंले अध्यक्षता गरेका थिए भने सचिव श्रीप्रसाद शाहले संचालन गरेका थिए र वेलायत एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सम्पूर्ण प्रवासी एकता मंचको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्रीको लोकतन्त्र धराप पार्ने असंवैधानिक कदमको बिरोध गरेका थिए।

अन्त्यमा, कार्यक्रमलाई समन्वय कमिटीका सह-इन्चार्ज लक्ष्मी पन्तले धन्यवाद मन्तब्य दिदैं केपी ओलीको असंवैधानिक कदम गणतन्त्र र लोकतन्त्र मात्रै हैन कम्युनिस्ट आन्दोलन नै ध्वस्त पार्ने खेल हो भनेका छन्। सचिव श्रीप्रसाद शाहले आजको प्रशिक्षक मुलक अन्तरक्रियाले देश बिदेशका देशप्रेमी सबै बीच रहेको भ्रमलाई चिरेर सत्य तथ्य ल्याउन सफल भएको भन्दै कार्यक्रमको समापन गरेका थिए।