November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनप्रगतिशिल मंच बेलायतद्धारा बधाई ज्ञापन

7.9K

लन्डन । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली जनप्रगतिशिल मंच, बेलायतले बधाई ज्ञापन गरेको छ । अध्यक्ष मानबहादुर गुरुङ र महासचिव बिमला लिम्बुले एक बधाई पत्र सार्वजनिक गरी प्रधानमन्त्री दाहाललाई बधाई ज्ञापन गरेका हुन् ।

बधाई पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नेपालको ४४ औं प्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष श्रद्धेय कमरेड पुष्पकमल दाहाल प्रचण्ड नियुक्त हुनुभएकोमा नेपाली जनप्रगतिशिल मंच युके हार्दिक बधाई ज्ञापन गर्दछौं ।’

प्रवासस्थित माओवादी निकट संगठन मंचले दाहालको यस तेस्रोपटकको प्रधानमन्त्री कार्यकालको सफलताको कामना गरेको छ ।

Advertisement