March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

नयाँ बर्षको दिन एनआरएनएमा महिला नेतृत्व बारे दोश्रो वहस हुँदै

8.4K

गैर-आवासीय नेपाली संघलाई रुपान्तरण गर्ने प्रयासहरु भइरहँदा महिला नेतृत्वको सवाल पनि समय-समयमा उठ्ने गरेको छ । तथापी संघले महिला नेतृत्वको विषयलाई आफ्नो नीतिगत वहसको मूल प्रवाहमा ल्याउन सकिरहेको देखिन्न । यही तथ्यलाई मध्यनजर गरी नेपाल मामिला डट कमले “एनआरएनएमा महिला नेतृत्वः अनुभव, चुनौति र सम्भावनाहरु” बिषयमा श्रृङखलावद्द रुपमा बहसको कार्यक्रमहरु शुरु गरेको छ । यसै क्रममा नयाँ बर्ष २०२१ को दिन नेपाली समय साँझ ६ः४५ बजे वहसको दोश्रो श्रृङखलाको आयोजना गरेको छ ।

बिशेषतः एनआरएनको मूल प्रवाहमा रहेका महिलाहरुले नेतृत्वको सन्दर्भमा एनआरएनए अभियानमा संगालेका अनुभवहरु, वर्तमानमा भोग्न परिरहेका चुनौतिहरु र भविष्यका अवसर सभ्भावनाहरुमा केन्द्रित रहेर वहस हुने भएको छ ।

दोश्रो श्रृङखलाको कार्यक्रममा लामो समयदेखि गैर आवासीय नेपाली संघमा आवद्द रहेर अनेकन अनुभवहरु बटुल्न सफल नेतृ एनआरएनएका पूर्व सचिव जानकी गुरुङ, सशक्त दलित महिला नेपाल, बोस्टनको संस्थापक तथा एनआरएनएकै महिला सशक्तिकरण विभागकी सभापति डा. विष्णुमाया परियार र वर्तमान उपाध्यक्ष महिला तथा यूवा विभागकी प्रमुख रविना थापाले वहसमा भाग लिनेछन् ।

Advertisement

कार्यक्रममा निश्चित संख्यामा पत्रकारहरु प्यानलिस्टको रुपमा सहभागि रहनेछन्। कार्यक्रमलाई नेपाल मामिला डट कमको आफ्नै फेसबूक पेजमा लाइभ हेर्न सकिने छ।

पहिलो श्रृङखलाको कार्यक्रम गत डिसेम्बर १२ मा भएको थियो । जसमा एनआरएनएका वर्तमान महिला संयोजक भोमा लिम्बू, पूर्व सचिव तथा पूर्व प्रवक्ता रञ्जू वाग्ले थापा र पूर्व महिला संयोजक रजनी प्रधान सहभागी थिए ।

https://www.youtube.com/watch?v=4lYk7fuGOx4