April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

“नेपाली जनताका लागि आम चुनाव एउटा अवसर हो”: भक्त गुरुङ

10.1K

लण्डन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भैसकेको अवस्थामा नेकपा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले आ-आफ्ना धारणा व्यक्त गरेका छन् । सोहि क्रममा बेलायतस्थित नेकपाका एक पुराना कार्यकर्ता भक्त गुरुङले सरकारले बाध्यात्मक अवस्था भएर चुनावको घोषणा गरेको बताएका छन् ।

यो चुनावमा सहभागी भएर नयाँ जनादेश प्राप्त गर्ने राम्रो मौका मिलेको भन्दै सत्तारुढ दलभित्रको विवादले गर्दा सरकार र नेकपा आफै पनि अर्कमक्य (काम नै गर्न नसक्ने अवस्था)मा पुगेको बताए । उनले नेपाल मामिलासँग भने – “यसरी सरकार अर्कमक्य भएर बस्दा देश अगाडि बढ्न सकेन र पार्टीमा पनि एक आपसमा मैत्रिपूर्ण सद्भाव हुनुपर्ने ठाउँमा अत्यन्तै घृणित खालको आरोप प्रत्यारोप र लाञ्छना लगाउने प्रवृत्ति हाबी भयो, देशमा एउटा विषम खालको परिस्थिती सिर्जना भयो ।”

गुरुङले भने- “नेपाली जनाताको लागि कुन पार्टी , कुन राजनीतिक दल ठिक छ भनेर छान्ने यो एउटा अवसर हो । अबको १ ढेड वर्षपछि आम निर्वाचनको तयारी भै नै हाल्थ्यो त्यसलेगर्दा अब चुनावमा गएपनि आफ्नो राजनीतिक नीति सिद्धान्त सबै जनताको बिचमा पेश गर्नको लागि राम्रो मौका आएको छ”। त्यसको लागि सबै जनता र राजनीतिक दललाई गुरुङले अपिल पनि गरेका छन् ।

Advertisement

विद्यार्थी कालदेखि नै कम्युनिस्ट राजनीतिमा होमिएका गुरुङ बिदेशिनुपूर्व त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी नेता थिए । उनी हाल युनिभर्सिटी अफ लिभरपूलबाट विद्यावारिधि गरिरहेका छन् ।