अभिषेक खरेल /साउदी अरब
साउदी अरबको आन्तरिक मन्त्रालयले साेमबारबाट लागु हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा मन्त्रालयले जनाएको छ ।
यस्तै साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड-१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । यो आदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५००० सम्म जरिवाना हुने जनाएको छ ।