January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

एनआरएनए युकेद्धारा युक्रेनबाट विस्थापित भएका नेपालीहरुको सहयोगार्थ सहयोग संकलन सुरु

२०७८ फाल्गुन २०

1.9K

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले युक्रेनमा रसियाको आक्रमणपछि विस्थापित भएका नेपालीहरुको सहयोगार्थ सहयोग संकलन सुरु गरेको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा हालै बसेको बैठकले सहयोग संकलन गर्ने निर्णय गरी सचिव ज्ञानेन्द्र आलेलाई संयोजक तोकेको हो ।

संकलित सहयोग युक्रेनमा जारी युद्धका कारण छिमेकी देशहरु पोल्याण्ड, हंगेरी, स्लोभाकिया, रोमानियामा विस्थापित भएका नेपालीहरुलाई प्रदान गरिने संयोजक आलेले बताए । उनले एनआरएनए पोल्याण्ड राष्ट्रिय समितिसितको समन्वयमा सो सहयोग हस्तान्तरण गरिने पनि जनाए ।

एनआरएनए युकेले यस विषम परिस्थितिमा वेवारिसे भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहयोग गर्न बेलायतबासी नेपाली सामाजिक अभियन्ता, व्यक्ति, संघ÷संस्था, व्यापारिक प्रतिष्ठानसँग अनुरोध गरेको छ ।

Advertisement

सहयोगका लागि Ac holder: Non–Resident Nepalese Association UK, Sort Code: 40–46–22, Ac No: 51707000, Reference: Ukrainecriss/your name रहेको छ ।

त्यस्तै, एनआरएनए युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई एक पत्र लेखेका छन् । पक्रमा लेखिएको छ, “तर अझै पनि कैयौं नेपालीहरु युक्रेनमै रहेको र युक्रेन छाडेका नेपालीहरुलाई पनि सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउन योजनावद्ध रुपमा काम गर्नु पर्ने आवश्यकता देखिएको छ ।”

पत्रमा संकटको यो घडीमा विदेशमा फसेका नेपालीहरुको शिघ्र उद्धारका लागि तदारुकताका साथ काम गर्न नेपाल सरकारलाई आग्रह पनि गरेका छन् ।