February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

एनसीसीहरुको मान्यता रद्द गर्ने निर्णयप्रति एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाको निन्दा

२०७८ फाल्गुन २०

3.1K

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफूहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्।

अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा बोलाइएको बैठकले केही राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले सदस्यता वापतको रकम मार्च ६ तारिख सम्म नबुझाएमा उनीहरुको मान्यता रद्द गर्ने निर्णय गरेको थियो। तर उक्त बैठकमा गणपूरक संख्या नपुगेको र संघको विधान र नियमावली अनुसार कम्तीमा एक हप्ताको समय दिनुपर्नेमा केवल २ दिनको समय दिएर बैठक बोलाइएको भनी विरोध भै रहेको छ ।

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी क्यानडाका अध्यक्ष दीपक गौतम तथा एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले बिहीबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरी “सदस्यता वापतको रकम नबुझाएको निहुंमा एनसीसीहरुलाई कारवाही गर्न लागिएको विषयलाई आसन्न निर्वाचन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा उठ्न सक्ने आलोचनात्मक स्वरलाई दबाउने सुनियोजित अभियानको रुपमा बुझेको“ जनाएका छन्।

Advertisement

“गैर आवासीय नेपाली संघको विधानले एनसीसीहरुलाई आफ्नो कार्यक्षेत्रमा स्वायत्तता प्रदान गरेको छ । एनआरएनएका सबै एनसीसीहरुले आ–आफ्नो देशमा त्यहांको स्थानीय कानुन अनुसार छुट्टै विधान, नियमहरु बनाएर स्थानीय कानुन अनुसार दर्ता भै कार्य गरिरहेका छन् । आईसीसीसंगको एनसीसीहरुको सम्बन्ध आइसीसीको आदेशबाट मात्र निर्धारित हुने र नियम गरिने विषय हैन ।”, प्रेस वक्तव्यमा उल्लेख छ ।