लन्डन । बेलायतमा गैर–आवासीय नेपाली संघ युके (एनआरएनए) महिला विभागले ११९ औं नारी दिवस मनाउ निर्णय गरेको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार ‘अन्तराष्ट्रिय नारी दिवस उत्सव २०२२’ विचार गोष्टी कार्यक्रम हुन लागेको हो ।
प्रत्येक वर्ष सिर्जनात्मक र महिला सहजीकरण केन्द्रित गतिविधि कार्यक्रमहरु गर्दै आइरहेको एनआरएनए युके महिला विभागले यस वर्ष पनि महिलाहरुले हासिल गरेको उपलब्धीको स्मरण गर्न, लैङ्गिक समानताबारे चेतना जगाउन साथै महिलाका विविध आयाम र सवालहरुमा परामर्श गर्न कार्यक्रम गर्न लागेको महिला विभाग संयोजक विमला लिम्बुले बताइन् ।
५ मार्च शनिवार बिहान १ बजे एनआरएनए युकेको कार्यलय अल्डरसटमा हुने उक्त कार्यक्रमको वक्ताको रुपमा डा. सागर पौडेल, डा. जीत तामाङ, डा. सुमाया राई, परिना सुब्बा लिम्बु, लक्ष्मी राई, सुनिता गौतम, र संगीता महरठ्ठा रहेका छन् । त्यस्तै आइतबार जुममार्फत हुने भर्चुअल साहित्यिक कार्यक्रम महिला विभाग सदस्य अन्जु कुँवर सुवालले संयाेजन गर्ने भएकी छन् ।