नडाहा । उधौलीको आवसरमा कवि तथा गीतकार सुष्मा रानाहँमाले ‘उधौलीमै आउँछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीत उनको आफ्नै अफिसियल युट्युब च्यानल सुष्मा रानाहँमा मार्फत सार्वजनिक गरेकी हुन् ।
साकेला लयमा रहेको सो गीतमा राजेश पायल राई र मिना राईले स्वर, सङ्गीत शान्तिराम राईको रहेको छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ मुस्कान मुकारुङ्ले गरेका छन् भने एरेन्ज पदम आले मगरले गरेका छन् ।
यस गीतका गीतकार सुष्मा रानाहँमा पछिल्लो समयको चर्चित कवि हुन् । उनको “आमाको तास फोटो” कविता सङ्ग्रह प्रकाशित भैसकेको छ ।