January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

प्रदेश १ का प्रमुख परशुराम खापुङद्धारा उधौली पर्वको शुभकामना

5.8K

विराटगनर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले उधौली पर्वको शुभकामना दिएका छन् । शुभकामना दिँदै खापुङले प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बताए।

प्रमुखले भने –“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्यसैगरी आफूले फलाएको अन्न, फलफूललाई पहिले प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रथा पनि प्रकृतिसँग सम्बन्धित छ ।”

त्यसैगरी अनेकतामा एकता कायम राख्ने कुरा दर्शाउँदै प्रदेश प्रमुखले मानिसले सामाजिक विकासमा लम्कदा बनेका विविध संस्कार र संस्कृतिलाई देशले पनि आत्मसात गरेको पनि शुभकामना सन्देशमा बताएका छन् ।

Advertisement