यात्री शेर्पा आकाश, कुवेत । कुवेतको लागि आवासीय भिसा अथवा प्रवेश भिसाको अवधि बाँकी रहेका, कुवेतको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीहरुलाई प्रत्यक्ष अथवा ट्रान्जिटको बाटो हुँदै कुवेत प्रवेशमा अनुमति दिएईको हो । यस सुविधाका यात्रुहरुले आवासीय भिसा वा प्रवेश भिसा अवधि बाँकी रहेका आफ्ना परिवारसँग भेटघाट गर्न सक्ने भएको छ ।
यी कर्मचारीका परिवारका सदस्यहरुले पनि प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेश गर्न सक्ने कुवेतको नागरिक उड्यन मन्त्रालयले जनाएको स्थानीय समाचार संस्थाको खबरमा उल्लेख गरिएको छ । यस्तै बन्दरगाह तथा विमानस्थलमा कुवेत मोबाइल आईडी प्रयोग भएको एप्लिकेशन प्रयोग सम्बन्धी नियम पालना गर्न पनि कुवेत सरकारले आग्रह गरेको छ ।कुवेत प्रवेश गर्न चाहनेले कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्नेछ ।