November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जनजाति महासंघ अष्ट्रियाद्वारा नेपाली राजदुतलाई विदाई।

12.4K

nepal embassy vienna

अष्ट्रिया, नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाले अष्ट्रियाका लागि नेपाली राजदुत महामहिम प्रकाश कुमार सुवेदीलई औपचारिक रुपमा विदाइ गरेको छ । चार वर्षको कार्यकाल समाप्त भई नेपाल फर्किने तयारीमा रहेका राजदुतलाई राजधानी भिएनास्थित उहाँको कार्यालयमा एक विशेष विदाई कार्यक्रम गरिएको हो। महासंघका तर्फबाट अध्यक्ष डबिन लामा गुरुङ्ग, महासचिव शेखर लामा, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार बुद्दी तामाङ्ग र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य मनि राज थेबे थिए । संघका पधाधिकारीहरुले कार्यक्रममा राजदुत सुवेदीलाई खदा ओढाई, प्रशंसा पत्र र अष्ट्रियाको स्मारिका चिनो स्वरुप प्रदान गरेका थिए।

अर्थशास्त्र र अन्तर्राष्ट्रिय मामिलामा त्रिभुवन विश्वविद्यालय र अन्तर्राष्ट्रिय विश्वविद्यालय जापानबाट एमए गर्नुभएको सुवेदीले यस अघि लामो समय सम्म नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गत रही भूगोलका बिभिन्न भागमा रहेका नेपाली निकायहरुमा सेवाको अनुभव संगालेका छन् । राजदुत संयुक्त राष्ट्र संघको निम्ति नेपालको स्थायी प्रतिनिधि समेत थिए। राजदुत सुवेदीले सन् २०१७ देखि आधिकारिक रुपमा अष्ट्रियाको लागि नेपाली राजदुत , २०१८ मा स्लोभेनिया र २०१९ मा क्रोएसियाको समेत राजदूतको रुपमा भूमिका निर्वाह गर्दै आइरहेका थिए।

मिलनसार र सहयोगी व्यक्तिको रुपमा छवि बनाएका राजदुत सुवेदीले आफू अष्ट्रिया आएर जिम्मेवारी सम्हाल्ने क्रममा सबै भन्दा पहिले आदिवासी जनजाति महासंघले आयोजना गरेको ल्होसार कार्यक्रममा निमन्त्रणा गरिएको र तत्पश्चातको निरन्तर समन्वयले नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रिया संग एक प्रकारको अटुट सम्बन्ध स्थापित भएको बताउँदै नेतृत्व पंक्तिलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको थियो।
राजदूतावासका सबै पदाधिकारीहरु उपस्थित विदाई कार्यक्रममा संघको तर्फबाट अध्यक्ष लामा, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य थेबे र सल्लाहकार तामाङ्गले मन्तव्य राख्दै राजदुत सुवेदी कुशल कुटनीतिज्ञ , सधैं सहयोगी र मिलनसार व्यक्तित्वको रुपमा रहनु भएकोमा उहाँलाई धन्यवाद दिँदै आगामी दिनका निम्ति शुभ कामना व्यक्त गरेका थिए।

Advertisement