March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

कोरोनाबाट जोखिममा रहेका अभिभावकलाई प्रवासबाट पौष्टिक आहार प्रबन्ध !

7.4K

बारा – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सबैभन्दा जोखिममा जेष्ठ नागरिक परेका छन्। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले कोरोनका कारण ज्यान गुमाउनेमा जेष्ठ नागरिक नै बढी देखिएको छ।

रोग प्रतिरक्षा क्षमता कमजोर भएका वर्गलाई कोरोनाको संक्रमण जोखिम हुने भएकाले प्रतिरक्षा क्षमता बढाउने आहारको जोहो गर्न बाराको निजगढमा अभियान नै सुरु भएको छ।

जेष्ठ नागरिक सम्मान तथा दशैँ–तिहारको शुभकामना आदान-प्रदान कार्यक्रममार्फत निजगढ नगरपालिका-१३ का ४५ जनालाई प्रवासी नेपालीसहित जनप्रतिनिधिबाट सहयोग जुटाइएको अभियानका तिलक घलानले जानकारी दिए। उनका अनुसार नगद एक हजार ५०० रुपैयाँसहित फ्रुटी र जाडोका लागि गम्सा सहयोग गरिएको छ।

Advertisement

प्रवासमा बस्दै आएका एनआएन पोर्चुगल विदेश विभाग प्रमुख आरम तामाङले ५० हजार, जापानमा सवारी दुर्घटनामा ज्यान गुमाएकी ममता मोक्तानको स्मृतिमा उनका बुवा युवक मोक्तानबाट १० हजार, कुवेतबाट बिष्णु लामाले आठ हजार, भारतबाट उषा लामाले पाँचहजार र मनिषा घिसिङले तीन हजार रुपैयाँ सहयोग पठाएका थिए।