April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए महिला फोरम अष्ट्रियाको तीज विशेष कार्यक्रमका झलकहरु।

5.8K

मनि थेबे, भियना अष्ट्रिया

एनआरएनए महिला फोरम अष्ट्रियाले वार्षिक रुपमा मनाउँदै आईरहेको हिन्दु महिलाहरुको महान चाड ” हरितालिका तीज ” कार्यक्रम ११ सेप्टेम्बर २०२१ मा राजधानी भियनामा संस्थाकी महिला संयोजक प्रतिभा कार्कीको सभापतित्वमा भब्य रुपमा सम्पन्न भयो। राजदूतावास भियनाका का.बा. राजदूत डा. ईला मैनाली प्रमुख अतिथि हुनुहुन्थ्यो भने एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारी, नवनिर्वाचित आइसीसी सदस्य विकाश कार्की लगायत संस्थाका उपाध्यक्षहरु र अन्य नेपाली संघ संस्थाका अध्यक्ष, उपाध्यक्षहरु विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

प्रस्तुत छ कार्यक्रमको दौरान संस्थाको युवा संयोजक श्री महेन लिम्बु द्वारा खिचिएका तस्वीरहरु :-

Advertisement

कार्यक्रमको उद्घाटन – बायाँबाट क्रमशः- महिला संयोजक प्रतिभा कार्की , का.बा. राजदूत डा ईला मैनाली र एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारी
दायाँबाट क्रमश :- महिला संयोजक प्रतिभा कार्की , ANA अध्यक्ष हरि राणा र धर्म पत्नी , नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्का , नेपाल अष्ट्रिया सोसाइटी सगरमाथा का.बा. अध्यक्ष शिला स्टाईनर , एनआरएनए अष्ट्रिया उपाध्यक्ष कुमार अधिकारी लगायत पृष्ठभूमिमा नेपाली दिदि बहिनीहरु – नेपाल र अष्ट्रियाको राष्ट्रिय गानको सम्मान गर्दै
बायाँबाट क्रमश:- महिला संयोजक प्रतिभा कार्की, एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारी , का.बा. राजदूत डा ईला मैनाली , नव निर्वाचित आइसीसी सदस्य विकाश कार्की र एनआरएनए अष्ट्रिया वरिष्ठ उपाध्यक्ष अनिता भुजेल लगायत पृष्ठभूमिमा नेपाली दिदि बहिनीहरु- नेपाल र अष्ट्रियाको राष्ट्रिय गानको सम्मान गर्दै
कार्यक्रम संचालिका:- विद्या आचार्य बराल
निहारिका खड्का नृत्य प्रस्तुत गर्दै
बेला खड्का नृत्य प्रस्तुत गर्दै
निहारिका खड्का , उषा बराल , आयुषा खत्री ,आभा भण्डारी , सिपोरा प्रसाईं सामूहिक नृत्य प्रस्तुत गर्दै
दिदि बहिनि प्रबिना पौडेल र पुनम पौडेल नृत्य प्रस्तुत गर्दै
बायाँबाट क्रमश:- प्रिया पौडेल , सादगी गान्धी, मोनिका तिवारी, प्रतिभा साइ समुडा, मनिषा तिवारी सामूहिक नृत्य प्रस्तुत गर्दै
अनेक एल्बम र गीतहरु रिलीज गरिसकेका नेपाली समाज अष्ट्रियाका प्रख्यात गायक शेखर लामा गीत प्रस्तुत गर्दै
एनआरएनए अष्ट्रिया महिला उपाध्यक्ष आशा थापा
पछिल्तिर – बायाँबाट क्रमश:- स्पोर्ट क्लव भियना सगरमाथा अध्यक्ष मानफ्रेड आनराईतर र नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रिया अध्यक्ष डबिन लामा गुरुङ्ग

एनआरएनए अष्ट्रियाको २०२१ – २०२३ कार्यकालको निम्ति कार्यसमिति भर्खरै मात्र गठन भएको र छोटो समयमा गरिएको तयारि भए पनि
अति व्यवस्थित र भब्य रुपमा कार्यक्रम सम्पन्न भएको सबैको प्रतिक्रिया थियो। महिला संयोजकको लगनशीलता र कार्यसमितिका पदाधिकारीहरु बीच अति राम्रो सहकार्य देखिएको कार्यक्रम साच्चै नै मनोरञ्जनले भरिपूर्ण थियो।

कार्यक्रम सभापति महिला संयोजक प्रतिभा कार्की र संस्थाका अध्यक्ष भवानी तिवारीले कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्नु हुने र सबै प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गर्दै समापन भएको थियो।

संस्थाका महासचिव रोशन घिसिङ्ग र युवा संयोजक महेन लिम्बु बाट प्राप्त जानकारी अनुसार यसपछि संस्थाले अक्टोबर महिनामा नेपालीहरु बीच ” हाजिरी जवाफ प्रतियोगिता ” र त्यसपछि लगत्तै ” तिहारको देउसी भैलो ” कार्यक्रम आयोजना गर्न गैरहेको छ।