November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अष्ट्रियामा नेपालीहरुको बार्षिक भलिबल प्रतियोगिता हुँदै ।

10.4K

मनि थेबे , भियन्ना २६ अगष्ट


अष्ट्रियाको राजधानी भियन्नामा नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रिया र स्पोर्ट क्लव भियन्ना सगरमाथाको संयुक्त आयोजनामा नेपाली महिला तथा पुरुषहरुको बार्षिक भलिबल प्रतियोगिता यहि २९ अगष्टमा आयोजना हुन गइरहेको छ।


प्रतियोगितामा अष्ट्रियाको टिरोल राज्य , साल्जवर्ग, लिञ्ज, ग्राज र भियन्ना शहरका नेपाली खेलाडीहरुले भाग लिने छन् भने साना बालबालिकाहरुको मनोरञ्जनको निम्ति विविध खेलहरु हुने जानकारी आयोजक संस्थाहरुले आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेका छन्।

Advertisement


जनजाती महासंघका अध्यक्ष डविन लामा र स्पोर्ट क्लवका उपाध्यक्ष लक्ष्मण भुजेलले दिनुभएको जानकारी अनुसार प्रतियोगिता भियन्नाको प्रातर स्थित भेनेडिगर औ ११ (सरकारी ग्राउण्ड) खुला मैदानमा आयोजना गरिने र मौसम खराव हुन गएको अवस्थामा वैकल्पिक हलको व्यवस्था समेत गरिएको हुनाले खेलाडी र दर्शक वर्गहरुलाई निश्चिन्त भएर उक्त दिन उपस्थित हुनको निम्ति उहाँहरुले आवहान गर्नुभएको छ।

नेपाली राजदुतावास भियन्नाबाट का.बा. राजदुत डा इला मैनाली प्रमुख अतिथि रहने कार्यक्रममा अष्ट्रियाका नेपाली संघ संस्थाका अध्यक्षहरु एनआरएनए बाट भवानी तिवारी, नेसास अष्ट्रियाबाट मन्जु खड्का र इनास अष्ट्रियाबाट सन्तोषी भण्डारी विशेष अतिथिका रुपमा उपस्थित रहनुहुने आयोजक संस्थाहरुले बताएका छन्।


प्रतियोतिामा विजेता र उपविजेता महिला तथा पुरुष टिमले कप, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गर्ने छन् भने खेल अवधि भरको उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको छ।