लण्डन – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युकेको निर्वाचनबाट प्रेम गाहा टिम विजयी भएको छ ।
एनआरएनए एनसीसी युकेको मत परिणाममा अनुसार प्रेम गाहा मगरले ४,५७४ मत ल्याएर अध्यक्षमा बिजयी भएका छन्। परिणाम अनुसार एनआरएनए एनसीसी युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्।
पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउंसो १२ बजे सकिएता पनि चार दिन पछि मात्रै स्थानीय समय अनुसार अगष्ट ७, २०२१ शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको थियो।
निर्वाचन कमिटिका अनुसार गाहा मगरले ४,५७४ मत प्राप्त गरेका छन् भने अध्यक्ष प्रत्यासी दीपक श्रेष्ठले २,१९१ र अध्यक्ष पदकी अर्की प्रत्यासी रोजिना प्रधान राईले २,१४८ मत मत प्राप्त गरेकी छन्।
यस्तो छ निर्वाचित कार्यसमिती
निर्वाचनमा जति सुकै बाधा गरेता पनि प्रेम गाहा मगरको टिमले क्लिन स्विप गरेको छ। प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कडेलले आफुले निर्वाचनमा सुधार गर्न खोजेको तर विश्वभरिबाट दबाब आएको बताए।