लण्डन – गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्षका प्रत्यासी प्रेम गाहा मगर समुहले निर्वाचन समितिप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
भर्चूअल पत्रकार सम्मेलन मार्फत गाहा मगर समुहले आफ्नो असन्तुष्टि व्यक्त गरेको हो । विधानमा व्यवस्था नभएको निर्वाचसमितिको सल्लाहाकार समिति तुरन्त खारेज हुनुपर्ने र अन्य दुई अध्यक्षका उम्मेदवारले सिफारिस व्यक्ति निर्वाचन समितिमा रहेकोले आफ्नो समुहले सिफारिस गरेको व्यक्ति पनि समितिमा समेटियोस भन्ने गाहा समुहको माग छ ।
गाहा मगर समुहका तर्फबाट उक्त पत्रकार सम्मेलनका प्रवक्ता शेर सुनुवारले भने – “निर्वाचन संयोजकबाट एकजना सिफारिस मागेको र आफूले यूकेकै काउन्सिलर प्रवेश केसीको नाम पठाएको तर उनको नाम नपरेको तर अन्य दुई प्रत्यासीको सिफारिसमा दुई दुईजना परेकाले अन्याय भयो ।”
यसैगरी अर्का प्रवक्ता नारायण कंडेलले पनि अहिलेको निर्वाचन समिति एक अमुक अध्यक्षका उम्मेदवारलाई जिताउनको लागि सुपारी बुझिसकेको आरोप लगाए ।
सम्मेलनमा पाँच जना उपाध्यक्षहरुको पनि उपस्थिति थियो । उपाध्यक्षहरुले पनि एनआरएन यूकेमा आर्थिक अनियमितता भएको भन्दै यूकेको अदालतमा मुद्दा हालेका छन् तर सो मद्दा अहिले विचारधिन छ ।
एनआरएन राष्ट्रिय समन्वय समितिको बैठकबाट सर्वसम्मत निर्वाचन संयोजकमा पूर्व अध्यक्ष महेन्द्र कंडेललाई चयन गरेको थियो । त्यसपछि गाहा मगर समुहले अस्वीकार भएको भन्दै पत्रकार सम्मेलन गरेका हुन् ।
यस्तो छ पत्रकार सम्मेलनको लाइभ भिडियो:
https://www.facebook.com/watch/live/?v=968602007268338&ref=watch_permalink