April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ईन्जा ग्लोबलद्वारा पत्रकार अनुराधा पौडेलमाथि भएको दुर्व्यवहारको निन्दा

3.8K

लण्डन – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल ईन्जा ग्लोबलले गत आइतबार एउटा प्रत्यक्ष कार्यक्रमका क्रममा पेरिसबासी पत्रकार अनुराधा पौडेलमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ।

एनआरएनए अन्तर्गतको संस्कृति तथा सम्पदा उपसमितिद्वारा गत आइतबार युरोपमा आयोजित एनआरएन द सिंगर कार्यक्रमबारे जानकारी गराउन भर्चुअल पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रम चलिरहँदा एनआरएनका आइसीसी सदस्य प्रेम पोमुले पत्रकार पौडेललाई गालीगलौज गर्न सुरु गरेका थिए।

इन्जा ग्लोबलले प्रत्यक्ष चलिरहेको कार्यक्रममा कुनै महिला पत्रकारमाथि भएको दुर्व्यवहार सामान्य नभएको जनाएको छ। इन्जाले पोमुलाई एनआरएनए आइसीसी सदस्यबाट निलम्बन गरी क्षमा याचना गर्न एनआरएनसँग माग गरेको छ।

Advertisement

जर्मनीको ह्याम्वर्ग शहरमा बसोबास गर्ने पोमु यसअघि त्यहाँका जातिय संस्थाहरुसँग आवद्द थिए। जर्मनीका उद्यमी कुमार पन्त एनआरएनको पछिल्लो महाधिवेशनमा निर्वाचित भएपछि पन्तले नै पोमुलाई आइसीसी सदस्यमा मनोनित गरेका हुन्।

इन्जाले महिला पत्रकार माथि एनआरएनको कार्यक्रममा यसरी दुर्व्यवहार हुँदा पनि एनआरएन केन्द्र मौन रहनु उदेकलाग्दो भएको जनाएको छ। यस्तै नेपाल पत्रकार महासंघ युरोपकी अध्यक्ष सरस्वती कार्कीले एक विज्ञप्ती जारी गर्दै पोमुलाई अविलम्ब कारवाही गर्न एनआरएन केन्द्रसँग माग गरेकी छन्।

महासंघ बेलायतका अध्यक्ष विपिन निरौलाले एनआरएन आइसीसीप्रती खेद ब्यक्त गरेका छन्।

पत्रकार पौडेल एनआरएनए मिडिया तथा मूल आयोजक समिति प्रचार प्रसार विभागकी सहअध्यक्ष हुन्।