April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अर्घाखाँची समाज यूकेद्धारा कोभिड पीडितहरुका लागि राहत संकलन कार्य जारी

2.8K

लण्डन । अर्घाखाँची समाज यूकेले नेपालमा कोभिडको पछिल्लो स्थितिलाई मध्यनजर गर्दै राहत संकलन कार्यलाई तीव्र बनाएको छ ।

नेपालमा हाल विद्यमान कृतिम अक्सिजन सिलिण्डरको अभाव र त्यसबाट कोभिडका बिरामीहरुमा उत्पन्न समस्या निराकरणका लागि अर्घाखाँची समाज यूकेले जनस्तरबाटै सहयोगको अपेक्षा गरी अपील गरेको समाजका सदस्य रेशम बस्यालले नेपाल मामिलालाई बताए ।

समाजले अहिलेसम्म झण्डै तीन लाख रुपैयाँ वा त्यस बराबरको पाउण्ड स्टर्लिङ जम्मा गरिसकेको छ । प्रमुख दाताहरुमा प्रेम गाहामगर, दीपक श्रेष्ठ, रोजिना प्रधान, सुनिलबाबु खड्का, टुंगा खड्का, डा. उत्तम कक्षपती, रोषन कक्षपती, आशुतोष कक्षपती, तिलक भट्टराई, बालकृष्ण भुषाल, खड्क बहादुर आले, सुशिल गौतम, रेशम बस्याल, बिशाल आले, हरी पौडेल, दुर्गा कुमाल, सुरेन्द्र देउजा, रवि उप्रती र कुश बस्नेत रहेका छन् । दाताहरुको नाम आउने क्रम जारी रहेको छ ।

Advertisement

नेपालमा अक्सिजन सिलिण्डर अभावको समस्यालाई हल गर्न गैर-आवासीय नेपालीहरु पनि अहिले सरकार र निजी स्वास्थ्य सेवाहरुलाई आ-आफ्नो तवरबाट सहयोग पुर्र्यारहेका छन् । यस पूण्य कार्यमा अब अर्घाखाँची समाज पनि थपिएको छ र यस अभियानलाई चाँडो सफल पार्न समाजले सहयोगी मनहरुको खोजी गरिरहेको छ ।