March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

रोजिना प्रधानद्धारा तीन वटा बेग्लाबेग्लै सम्पर्क कार्यालय स्थापना

4.8K

लन्डन – गैरआवासिय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन नजिकिएसँगै विभिन्न पदका प्रत्यासीहरु सक्रिय वनेका छन् । विभिन्न पदका लागि उम्मेरद्वारी घोषणा गरेका प्रत्यासीहरुले पछिल्लो समय सदस्यता विस्तारलाई प्राथमिकतामा राखेका छन् । केही उम्मेरद्वारा यस पटकको निर्वाचनका लागि व्यवस्थित कार्यालय खोलेरै अनलाइन माध्यमबाट सदस्यता बढाउने तरखरमा लागेका छन् ।

यसै क्रममा अध्यक्षकी प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोजिनाप्रधान राईले बेलायतका विभिन्न शहरमा (डेडिकेटेड स्टाफ) सहित तीनवटा कार्यालय नै खोलेर मेम्बरसीप ड्राइभलाई उच्च प्राथमिकता दिएकी छन् । नेपालीहरु उल्लेख्य रहेको र भोट बैंक ठानिने क्षेत्र अल्डरसटको एम्पायर हल र श्री लक्की ज्वेलरी एवं पिटरबरोस्थित न्यू रोडमा हेल्प डेस्कमार्फत सदस्यता विस्तार उनी केन्द्रित भएकी छन् ।

एनआरएनए यूके अध्यक्ष प्रत्यासीमा राम्रो साथ र समर्थन पाएकी रोजिनाले आफ्ना सम्पर्क कार्यालयबाट सदस्यता व्यवस्थापनसहित प्रचार प्रसार र अन्य कामहरु भइरहेको बताइन् । ‘कुनै पनि संस्था सञ्चालन र यसको प्रभावकारिताका लागि सदस्य संख्या नै प्रमुख मेरुदण्ड मानिन्छ । यसपटक एमआइएस सिस्टमबाट सदस्यता लिनुपर्ने भएकाले हामी यसतर्फ बढी व्यस्त छौं’, उनले भनिन् । विशेष गरि ज्येष्ठ नागरिकहरु एमआइएस सिस्टमबारे बेखबर भएकाले सम्पर्क कार्यालयाबाट सदस्य बनाउन सहजिकरण गर्ने पनि उनले बताइन् ।

Advertisement

एनआरएनए आइसीसीले सबै राष्ट्रिय समन्वय समितिलाई अनिवार्य रुपमा एमआइएस प्रविधि अंगाल्न निर्देशन दिएपछि एनआरएनए यूकेले पहिलोपटक अनलाइन सदस्यता वितरण शुरु गरेको हो । यसको समयसीमा आउंदो १० जुनसम्म रहेको छ ।

प्रधानले पछिल्लो समय बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेट गरि आफूलाई सहयोग गरिदिन आग्रह गरिरहेकी छन् ।