वेलायत— खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न भएको छ । गत ९ मे, २०२१ आइतवारको दिन भर्चुअल (जुम) माध्यमबाट सम्पन्न अधिवेशन मार्फत डा. प्रमाद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो।
यसअघि कार्यसमितिका उपाध्यक्ष रहेका नव निर्वाचित अध्यक्ष डा. राई इस्ट लण्डन एनएचएस फाउण्डेसनमा कन्सल्टेण्ट साइकायट्रिस्ट का रुपमा कार्यरत छन्।
नयाँ कार्य समितिमा क्रमशः उपाध्यक्षहरु श्रीमती भाग्यती राई, प्रशाद राई, झलम राई र भविन राई निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा भोला बिक्रम राई र सचिवहरूमा श्रीमती रोजिना राई, देवेन्द्र खेरेस राई र राजेन रामजङ राई निर्वाचित भए भने कोषाध्यक्षमा चन्द्र जयपाल र सहकोषाध्यक्षमा सञ्जिव राई निर्विरोध गरी सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन।
कार्यसमितिहरुका सदस्यहरुमा क्या. सन्तोष राई, बशन्त गुरुङ, खिलेन्द्र राई, श्रीमती जानुका राई, धिरज राई, सन्जिव राई ‘पारदर्शी’, श्रीमती सुमि राई (ननिन्टन), श्रीमती लिला गोम्देन, बम बहादुर तामाङ्, शिव ध्वज राई, सुश्री अरुणा राई, प्रज्वल राई, पुजन खत्री र श्री ढाक बहादुर राना रहेका छन्।
विश्वभर फैलिएको महामारी कोभिड–१९ रोक थाम र नियन्त्रण गर्न बेलायतमा अझैं आंशिक लकडाउन रहेको कारण सहजरुपमा ठुलो जमघट गर्न प्रतिबन्ध नहटेकोले अधिवेशन भर्चुअल (जुमं) माध्यमबाट गर्नु बाध्यता नवनिर्वाचित महासचिव भोला बिक्रम राईले नेपाल मामिलालाई बताए ।
निःस्वार्थ सामाजिक सेवाभावले सन् २००७ मा स्थापना गरिएको खोटाङ सेवा समाज वेलायतमा रहेका खोटाङ्गेहरुबिच र गृह जिल्ला खोटाङमा बिभिन्न परोपकारी कार्यहरू गर्दै आएको छ। समाजले सन् २०१७ मा आफ्नो गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराएको थियो। जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पुर्याउने र उनीहरुको ज्यान बचाउका लागि दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीहरु चिसापानी, डाँडागाउँ, बाक्सिला, सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि सातवटा एम्बुलेन्स र जिल्ला अस्पताल खोटाङ्मा १ थान अल्ट्रासाउण्ड मेशिन उपलब्ध गराएको थियो।
त्यसै गरी समाजको प्रत्येक कार्यसमितिको एक कार्यकालमा खोटाङ्मा जन्मेर बिभिन्न क्षेत्रहरुमा कृयाशील बिशिष्ट ब्यक्तिहरु मध्येबाट छनौंट गरी नगद रु एक लाख र ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ र साहित्य, संगीत, कला क्षेत्रमा साधनारत प्रतिभाहरु मध्येबाट एकलाई नगद रु. ५० हजार र ताम्रपत्रका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ समेत प्रदान गर्दै आइरहेको बताउँछन नवनिर्वाचित महासचिव भोला बिक्रम राई ।