लण्डन – गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष मोहन कार्कीले सदस्यता आवेदन गर्नेको प्रमाणिकरण समेत अध्यक्षले आफैसंग राखेर संस्था नियन्त्रणमा राख्न खोजेको बताएका छन् ।
आइतबार जूम मार्फत आयोजना गरिएको विशेष कार्यक्रममा वोल्दै उपाध्यक्ष कार्कीले सो कुरा बताएका हुन् । साथै इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष एलबीजेड गुरुङले संस्थापन पक्षले एनआरएनए युके भित्र आर्थिक पारदर्शिता अपनाउन आनाकानी गरि झुट र भ्रमको खेती गरिरहेको बताए ।
एनआरएनए युकेका चारजना उपाध्यक्षहरुले संस्थापन पक्षले विधान विपरीत गठन गरेको आर्थिक अनियमितता छानविन समितिलाई आफुहरुले मान्यता नदिएको बताएका थिए ।
उनीहरुले आफैले बनाएको छानविन समितिको प्रतिवेदनले आर्थिक अनियमितता देखाएपछि नैतिकताका आधारमा राजीनामा आउनु पर्ने पनि बताए । एनआरएनए युके भित्र आर्थिक अनियमितता बिषयको मुद्दा बेलायतको डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधीन अवस्थामा रहेको छ ।