लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष रामचन्द्र पोखरेलले एनआरएनए युके संस्थागत रुपमा चल्न नसकेको बताएका छन् । आइतबार जूम मार्फत आयोजना गरिएको ‘खुल्ला बहस’ कार्यक्रम बोल्दै उपाध्यक्ष पोखरेलले भने ‘निर्वाचित भएपछि पटक पटक आफुहरुले बैठकमा राखेको आर्थिक पारदर्शिताको बिषयलाई वास्ता नगरिएकाले कानुनी प्रक्रियामा अघि बढनु परेको हो,’ ।
साथै उपाध्यक्ष पोखरेलले आर्थिक पारदर्शिताको एजेण्डा बैठकमा राख्दा अध्यक्षले तल्लोस्तरमा ओर्लिएर गाली गलौजको भाषामा निर्देशन दिने गरेको बताउदै कार्यसमितिमा पर्याप्त छलफल गरि निर्णय लिने परिपाटी नरहेको बताए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले आर्थिक अनियमितताको विवादको फेहरिस्त नै प्रस्तुत गरेका थिए । उनले संस्थामा खराव प्रवृति मौलाउदै गएको बताउदै संस्था भित्रका खराव पात्रहरुलाई कार्वाही गर्न समेत माग गरेका छन् ।।