April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

3K

मुम्बई– बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि ‘लाल सिंह चड्डा’ अभिनेताले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् ।

आमिरले स्वास्थ्य लाभ गरेपछि मात्र फिल्म ‘लाल सिंह चड्डा’को बाँकी सुटिङ पुरा गर्नेछन् ।

Advertisement

बलिउडमा पछिल्लोपटक रणवीर कपूर, सञ्जय लीला भन्साली, मनोज वाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ ।

केही दिन अघि मात्र ‘भूल भुलैया २’ अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको थियो । बलिउडमा कोरोना संक्रमणको पहिलो केस सन् २०२० को मार्चमा गायिका कनिका कपूरबाट सुरु भएको थियो ।