February 10, 2026, Tuesday
२०८२ माघ २८
1:37:26 pm

नेकपाबाट हरिबोल गजुरेलसहित ७ जना निष्कासित

540

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका लागि बागी उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ ।

पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा), र जिवछ साह (सिरहा) रहेका छन् ।

Advertisement

२१ फागुनमा हुने निर्वाचनमा नेकपाबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र उनीहरुका प्रस्तावक, समर्थक र प्रचारकलाई समेत कारबाही गरिएको उल्लेख छ ।