काठमाडौं । रामेछापमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा बस दुर्घटना परेको हो।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान ११ बजे सडकबाट तामाकोशी नदीमा खसेको हो।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
हालसम्म ९ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको प्रहरीले जनाएको छ ।
१० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।