March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

अवैधरुपमा राखिएको बन्दुकसहित एक जना पक्राउ

595

काठमाडौं । पश्चिम नवलपरासीमा अवैधरुपमा राखिएको बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ ६ बजे सुस्ता गाउँपालिका ५ बलिनगरका श्रीराम कुर्मीको घरबाट १२ बोरको एक नाले बन्दुक, २ वटा खाली खोका र छर्रा बनाउने सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

pin up pinup

अवैध रूपमा हतियार लुकाइ राखेको सूचनाका आधारमा प्रहरीले तलासी गर्दा हतियार बरामद गरेको हो ।

Advertisement

पक्राउ परेका पटेललाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।