काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एकीकृत पार्टीको तेस्रो वरीयताको नेता बन्ने भएका छन्।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र खनालबीच यस्तो समझदारी भएको हो।
पहिलो वरीयतामा प्रचण्ड र दोस्रोमा माधवकुमार नेपाल रहने सहमति थियो। त्यसपछि तेस्रो वरीयतामा वामदेव गौतम रहने समझदारी थियो। अब वामदेव झलनाथपछिको वरीयतामा रहने बताइएको छ ।
यसको घोषणा केही बेरमा हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ।




