June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ ?- भट्टराई

320

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन् ।

भट्टराईले भने, ‘तपाईं हाम्रा छोराछोरी वाक्क दिक्क भएर देशमा टिकाउन गाह्रो भएको छ। आफ्नै छोराछोरीलाई सपना देखाउन सक्दैनौं भने तपाईँ हामीले राजनीति गरेर, मन्त्री भएको के अर्थ रहन्छ ? यो देशलाई हामीले ठिक ढङ्गले बुझाउन सकेनौं ।’

अध्यक्ष भट्टराईले देशको औचित्य, महत्व र गरिमा बुझाउन नसकिएको पनि बताए उनले भने, ‘यो देश बन्छ, हामी भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेका छन्। हाम्रो नी गर्न सकिन्छ भन्ने सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने संकल्प गरौं ।’

Advertisement

भट्टराईले संघीयतालाई जति बलियो बनायो लोकतन्त्र उति नै बलियो हुने र देश समृद्ध बन्ने बताए ।