November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुने

955

काठमाडौं । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुने भएको छ । 

करिब दुई वर्षदेखि एकताका लागि प्रयासरत दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो ।

नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको  छ । 

Advertisement

पार्टीको नाम नागरिक जनमत रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ ।