काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रको विकल्प कुनैपनि प्रकारको अतिवाद हुन नसक्ने बताएका छन् ।
सामाजिक संजालमा लेख्दै उनले लोकतन्त्र व्यवस्थाअनुरुप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि बढ्नु स्वभाविक भएको बताएका हुन् ।
लोकतन्त्रको शुभकामना दिँदै महामन्त्री थापाले लेखेका छन्, ‘लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन। लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनु पर्छ। समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले हामी सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस्।’