May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

वर्तमान सरकार सञ्चालनमा कुनै समस्या छैनः गृहमन्त्री लेखक

670

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषय सत्ता साझेदारीसँग जोडेर आशङ्का नगर्न आग्रह गरेका हुन् ।

‘सरकारमा कुनै समस्या छैन। गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीका एक सदस्यले राजीनामा दिनुभएको हो । त्यसलाई फेरि पूर्णता दिई अगाडि बढ्नुपर्ने हुन्छ । आगामी मन्त्रिपरिषद् बैठकमा छलफल गरी पूर्णता दिने तयारी छ’, उनले भने ।

सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र स्रोतसाधन सम्पन्न सुरक्षा निकायलाई आफ्ना प्राथमिकतामा रहेको बताउदै गृहमन्त्री लेखकले कानुनी तथा नीतिगत सुधारलाई सँगसँगै अघि बढाइरहेको र नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न नसकिने बताए ।

Advertisement