काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नपुगेको बताएका छन् ।
रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको बताएका हुन्।
मप्रधानमन्त्रीलाई भाषण गर्न नजान सुझाउदै महामन्त्री थापाले भने, ‘सरकारको कामको गति पुगेन । हामी भन्छौं सरकारलाई तिमी युद्धको मनोविज्ञानले काम गर । १८ घण्टा काम गर, २० घण्टा काम गर, उद्घाटनमा नजाऔ । काहीँ भाषण गर्न नजाऔ । प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने-घुम्ने काम छाड्नुस् । तपाईंहरू काम गर्नुस् । त्यो कामको प्रचारप्रसार गर्ने काम हामीहरू गरिहाल्छौं ।’