April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

ज्ञानेन्द्र शाहीको मानहानीसम्बन्धी धारणा रेकर्डबाट हटाइनुपर्छ : सांसद सिंह

480

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले पार्टीका सांसद ज्ञानेन्द्र शाहीमाथि भएको मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले सांसदलाई आउ, मिस्टर तिमी भनेको भन्दै आपत्ति जनाएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साही र एमाले सांसद रघुजी पन्तबिच भनाभन भएको थियो । पन्तले सांसद शाहीलाई तिमी भनेका थिए । सांसद सिंहले ज्ञानेन्द्रले चुनाव जितेर आएकाले उनलाई होच्याउन नपाइने बताए ।

Advertisement