सिरहा । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मंगलबार लहान नगरमा आयोजित एक विशेष कार्यक्रममार्फत जनताबीचमा आधारभुत संगठन निर्माण चारमहिने अभियान सम्पन्न गरेको छ ।
कार्यक्रममा विशिष्ठ अतिथि जितेन्द्र महतोले सम्बोधनमा मधेसको विकास र समृद्धिमा जसपा नेपालको भूमिकाबारे चर्चा गर्दै मधेस प्रदेशका समस्याहरूको समाधानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले जनताको भोक, शिक्षा र स्वास्थ्यका मुद्दामा ध्यान दिनुपर्ने कुरा औंल्याएका थिए ।
प्रमुख अतिथि राजकुमार गुप्ताले पनि विभिन्न क्षेत्रका विषयमा विचार–विमर्श गर्दै संगठनको सञ्जाललाई विस्तार गर्नुपर्ने कुरामा जोड दिएका थिए । “संगठनको मजबुती हाम्रो सफलता को कुञ्जी हो। हामीले प्रत्येक वडा र गाउँसम्म पुग्नुपर्छ ।” उनको भनाई थियो ।
कार्यक्रममा उपस्थित नेता र कार्यकर्ताहरूले पार्टीको अभियानलाई साकार पार्न सँगै काम गर्ने र जनताको सेवा गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । जसपा नेपालले आगामी दिनहरूमा पनि विभिन्न कार्यक्रम र क्रियाकलापहरू मार्फत जनताको समस्याहरूलाई सम्बोधन गर्दै संगठनलाई थप बलियो बनाउने योजना बनाएको जनाएको छ ।
कार्यक्रमको अध्यक्षता लहान नगर समितिका सभापति दिनेश महतोले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सांसद राज कुमार गुप्ता (राजु) रहेका थियो । त्यस्तै विशिष्ठ अतिथिहरु संघीय परिषद सदस्य जितेन्द्र महतो, भोेगेन्द्र पासमान र रामनरायण महतो उपस्थित रहनु भएको थियो। यसका अलावा, पार्टीका मधेश प्रदेश सदस्य, जिल्ला सदस्य, क्षेत्रीय अध्यक्ष र विभिन्न वडाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थित रहेका थिए ।