April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

915

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । अनेरास्ववियू सम्मेलन आजबाट चारदिनसम्म सञ्चालन हुने जनाइएको छ ।

काठमाडौँमा हुने उक्त सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।

Advertisement

नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने क्रान्तिकारीका अध्यक्ष सिंहले जानकारी दिइन् ।