April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

रविलाई ‘सहकारी ठग’ भन्ने कुनै प्रमाण नभएको प्रतिवेदन बुझाएका छौँ : सांसद खनाल

1.4K

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टि गर्ने कुनै आधार÷प्रमाण नभएको प्रतिवेदन संसद्मा बुझाइएको बताएका छन् ।

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सांसद खनालले आफ्नो पार्टी सभापति लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि नगलेको, ऋण पनि दिएको र कुनै हस्ताक्षर पनि नगरेको समितिले प्रतिवेदनमा स्पष्ट लेखेको बताए ।

mostbet

उनले भने, ‘व्यापक संयन्त्र परिचालन गर्दा पनि रवि लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि नलगेको, कतै ऋण पनि नदिएको, कतै हस्ताक्षर पनि नगरेको भन्ने स्पष्ट भइसकेपछि समितिले के भन्यो भने,’ खनालले भने, ‘रवि लामिछानेको सहकारी रकम बचत अपचलनमा कतै पनि हामीले प्रमाण भेट्न सकेनौँ। सहकारी ठग भनेर जुन मुख्य आरोप लगाइएको थियो, त्यो आधार पुष्टि गर्न हामीसँग प्रमाण छैन भनेर हामीले बुझाएको प्रतिवेदनमा छ ।’

Advertisement

सहकारी रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिका सदस्य समेत रहेका खनालले अहिले मिडियामा अन्य अन्य विषयको खोजी हुन थालेको बताए ।

‘मिडियामा के भन्न थालिएको छ भने, सहकारीको रकमको प्रवाह कसरी भएको छ, रवि लामिछानेको अकाउन्टमा गएको थियो कि थिएन?, ल्याउने कुरामा योजना बनाएका थिए कि थिएनन् ? ती सबै कुराबाट स्पष्ट रुपमा प्रतिवेदनमा रवि लामिछानेको प्रमाण नै भेटिएन भन्यो,’ उनले भने, ‘अहिले मिडियामा आएका प्रमाणहरू कस्ता हुन्छन् अहिले बजारमा छ्यापछ्याप्ति छन्।’