March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने

740

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।  बैठक पार्टीको केन्द्रीय कार्यालयमा आज अपराह्न १ बजे बैठक बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुने बताइएको छ ।

साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल हुने र  राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुने भएको जनाइएको छ। 

Advertisement

बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी छ ।